पहिरोले बुधवारदेखि अवरुद्ध रहेको कर्णाली राजमार्ग खुलेको छ । कालिकोटको शुभकालीका–एक एसमोड, गगनेखोला र खाँडाचक्र–दुई हुल्ममा ढुङ्गासहितको माटो आउँदा राजमार्ग अवरुद्ध भएको थियो ।
सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रहरी कार्यालय कालीकोट र जिल्ला प्रशासन कार्यालय कालीकोटको सहयोगमा सडक खुलाउने काम भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख अर्जुन केसीले बताउनुभयो । गगने खोला लगायतको पहिरो हटाएर गाडीहरूको आवतजावत सुरु गरिएको जिल्ला माफिक प्रहरी कार्यालयका इन्चार्ज टोपबहादुर महताराले बताए ।
पानी परेका कारण दैलेख, कालिकोट, जुम्ला र मुगुमा बिजुली बत्ति अवरुद्ध छ । जनजीवन प्रभावित भएको छ ।