शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बाग्लुङ जीप दुर्घटनामा पुथा उत्तरगङ्गाकी उपाध्यक्ष भुपेन्द्रासहित ३ जनाको मृत्यु, एक घाइते

बाग्लुङ जीप दुर्घटनामा पुथा उत्तरगङ्गाकी उपाध्यक्ष भुपेन्द्रासहित ३ जनाको मृत्यु, एक घाइते

नागरिकपाटी डेक्स

२८, भाद्र २०८१
  • 3.3K
    SHARES
  • बाग्लुङ जीप दुर्घटनामा पुथा उत्तरगङ्गाकी उपाध्यक्ष भुपेन्द्रासहित ३ जनाको मृत्यु, एक घाइते

    बाग्लुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको ज्यान गएको छ । दुर्घटनामा ३३ वर्षीया बुढासँगै उहाँकी आमा ६१ वर्षीया गोपीमाया बुढा तथा अर्का एक पुरुषको समेत ज्यान गएको हो ।

    images
    images

    जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार रा१झ २०० नम्बरको सरकारी जीप आज बिहान गलकोट–२ भुङ्खानीमा सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । तीनै जनाको घट्नास्थलमै ज्यान गएको उहाँले बताउनुभयो । घटनास्थलबाट एक घाइतेलाई उद्धार गरी उपचारका लागि धौलागिरि अस्पताल पठाइएको छ ।

    रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी जीवनकुमार खड्काका अनुसार उक्त जीपमा पुथाउत्तरगङ्गा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार थिए । उपाध्यक्ष बुढा केही दिनअघि आमालाई लिएर काठमाण्डौ जानुभएको जानकारी पाएको उहाँले बताउनुभयो ।
     बिहानै जीप दुर्घटनामा परे पनि स्थानीयले घाँस काट्न जाने बेलामा देखेपछि उनीहरुले स्थानीय प्रहरीलाई खबर गरेका थिए । जीपमा कति जना सवार थिए भन्ने यकिन नभएको सहायक प्रजिअ खड्काले बताउनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २८, २०८१ शुक्रवार - १५:३०:२८ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology