आज नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रिय महासचिव राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा नेपाल क्षयरोग निवारण संस्था जिल्ला कार्य समिति धादिङको २७ औं बार्षिक साधारणसभा तथा नवौ अधिबेशन आज सम्पन्न भएको छ ।
अधिवेशनले चन्द्र बहादुर लम्सालको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । निर्वाचित समितिको उपाध्यक्षमा विष्णुमाया सिलवाल,सचिवमा बलराम खत्री,कोषाध्यक्षमा विष्णुलाल श्रेष्ठ,सह– सचिवमा मधुसुदन अर्याल रहेका छन् । त्यसैगरी सदस्यहरुमा केशरी प्रसाद पन्त,दामोदर न्यौपाने,मायादेवी श्रेष्ठ,उर्मिला तिमल्सिना,भद्रलाल पोखरेल र बद्री अधिकारी रहेका छन् ।
साधारण सभामा संस्थाका सचिव चन्द्र बहादर लम्साल र कोषाध्यक्ष विष्णुलाल श्रेष्ठ द्धारा प्रस्तुत गरिएको प्रतिवेदनहरु सर्व सहमत पास गरिएको छ । शनिवार नै नवनिर्वाचित समितिको पहिलो बैठक समेत सम्पन्न भएको छ । समितिको पहिलो बैठकले निर्विरोध कार्यसमिति निर्वाचित गर्नुभएकोमा निर्वाचन मण्डल,पुर्व अध्यक्षहरु, आजीवन सदस्यहरुलाई धन्यावाद प्रकट गर्दै कार्यसमितिको सदस्यमा डा। रामचन्द्र रिजाल र श्रीकृष्ण अधिकारीलाई मनोनित समेत गरेको छ ।