शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती सहित कोशी, गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

बागमती सहित कोशी, गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

नागरिकपाटी डेक्स

३०, भाद्र २०८१
  • 3.4K
    SHARES
  • बागमती सहित कोशी, गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

    देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।

    images
    images

    आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरीसमेत चल्ने सम्भावना रहेको महाशाखाकाले जनाएको छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको तथा कोशी प्रदेशको तराई भूभागको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३०, २०८१ आइतवार - ०७:२०:११ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology