सुनको भाउ आज पनि घटेको छ । हिजो तोलाको १ लाख ५६ हजार चार सय रहेको सुनको भाउ आज ८ सय रुपैयाँले घटेर १ लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १० रुपैयाँले घटेर तोलाको १ हजार ८ सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।