शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङसहित देशका धेरै ठाउँमा वर्षा, आजदेखि मनसुनी वायुको प्रभाव 

धादिङसहित देशका धेरै ठाउँमा वर्षा, आजदेखि मनसुनी वायुको प्रभाव 

नागरिकपाटी डेक्स

९, आश्विन २०८१
  • 3.1K
    SHARES
  • धादिङसहित देशका धेरै ठाउँमा वर्षा, आजदेखि मनसुनी वायुको प्रभाव 

    धादिङसहित काठमाण्डौ उपत्यका र देशका धेरै ठाउँमा पानी परिरहेको छ । मनसुनी वायु र बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभरको मौसममा बदलाव आई हिजैदेखि विभिन्न ठाउँमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित मध्यमदेखि ठूलो वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    कोसी, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न सतर्क रहन महाशाखाले आग्रह गरेको छ । 

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ९, २०८१ बुधवार - ०८:४४:०४ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology