शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चितवनदेखि काठमाडौँसम्म ठुला सवारी सञ्चालनमा रोक

चितवनदेखि काठमाडौँसम्म ठुला सवारी सञ्चालनमा रोक

नागरिकपाटी डेक्स

१८, आश्विन २०८१
  • 4.1K
    SHARES
  • चितवनदेखि काठमाडौँसम्म  ठुला सवारी सञ्चालनमा रोक

    चितवनको नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर सहितका ठुला सवारी सञ्चालनमा रोक लगाइएको छ । यातायात व्यवस्था विभागले घटस्थापनादेखि कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठूला गाडी सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो ।

    images
    images

    यात्रुवाहक गाडीलाई प्राथमिकता दिनेगरी ठूला गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले जानकारी दिनुभयो । यसमा औषधि र तरकारी बोकेकाबाहेक अन्य ठूला गाडी आउँदो कार्तिक १ गतेसम्म बन्द रहने उहाँको भनाइ छ ।

    आयातित मालवाहक सवारीको हकमा भन्सार, प्रज्ञापनपत्र र निर्यातित मालवाहक सवारीको हकमा नियम राजस्व बुझाएको रसिद हेरेर भन्सार कार्यालयल खुलेको अवस्थामा नरोक्ने निर्णय भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १८, २०८१ शुक्रवार - १६:१९:५८ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology