शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोशी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

कोशी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

नागरिकपाटी डेक्स

२३, आश्विन २०८१
  • 3.5K
    SHARES
  • कोशी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    कोसी प्रदेशमा  आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

    images
    images

    मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले केही दिन कतै पनि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज कोशी प्रदेश र मधेस प्रदेश लगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत मधेस प्रदेश र बाग्मती प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत मधेस प्रदेश र बाग्मती प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २३, २०८१ बुधवार - ०८:२६:३९ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology