शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

"म २५ प्रतिशत कलेजोको सहाराले बाँचिरहेको छु" : अमिताभ बच्चन

"म २५ प्रतिशत कलेजोको सहाराले बाँचिरहेको छु" : अमिताभ बच्चन

  • 3.4K
    SHARES
  • एजेन्सी । निकै फिट देखिने भारतमा महानायक अमिताभ बच्चनको ७५ प्रतिशत कलेजो खराब भइसकेको छ । यसबारे अमिताभ आफैंले जानकारी दिएका हुन् । अमिताभ बच्चन आजकाल ‘कौन बनेगा करोडपती’ का लागि चर्चामा छन् । यो शोको ११ औं सिजन सोमबार रातीदेखि सोनी च्यानलमा सुरु भइसकेको छ । ११ औं सिजन सुरु हुनुअघि अमिताभले आफ्नो जीवनबारे केही जानकारी दिएका छन् । ७६ वर्ष पुगिसकेका अमिताभ बच्चन एक च्यानलको कार्यक्रममा उपस्थित थिए । त्यहाँ उनले मानिसहरुले आफ्नो शरीरको नियमित चेकजाँच गर्नुपर्ने बताए । उनले आफ्नो उदाहरण दिँदै भने, ‘मेरो ७५ प्रतिशत कलेजो खराब भइसक्यो । म २५ प्रतिशत कलेजोको सहाराले बाँचिरहेको छु । मलाई क्षयरोगका साथै विभिन्न समस्या छ । रोगबारे पहिल्यै थाहा भए यसको उपचार पनि सम्भव छ ।’ स्मरण रहोस्, अमिताभ बच्चन यो उमेरमा पनि फिट छन् र लगातार फिल्ममा काम गरिरहेका छन् । अमिताभलाई स्वास्थ्य सम्बन्धि विभिन्न समस्या छ तर उनी यी समस्यालाई कहिले पनि आफूमाथि हावी हुन दिँदैनन् । २०७६ भदौ ३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७६ बुधवार - ०१:०३:१९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology