बिहिवार, भाद्र ४ गते २०८३

Thursday, Aug 20 2026 बिहिवार, भाद्र ४ गते २०८३

गल्छीका रामकुमार रिमालको नयाँ भजन ‘दिन रातैमा’ बजारमा

गल्छीका रामकुमार रिमालको नयाँ भजन ‘दिन रातैमा’ बजारमा

शिवराज आचार्य

२, भाद्र २०८३
  • 1.4K
    SHARES
  • गल्छीका रामकुमार रिमालको नयाँ भजन ‘दिन रातैमा’ बजारमा

    धादिङको गल्छीमा जन्मिएका गायक तथा संगीतकार रामकुमार रिमालको नयाँ आध्यात्मिक भजन ‘दिन रातैमा’ सार्वजनिक भएको छ।

    images

    भजनमा शब्द, संगीत र स्वर स्वयं रिमालकै रहेको छ। गलवन्दी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त भजनमा भक्ति, आस्था र आध्यात्मिक चेतनालाई सशक्त रूपमा प्रस्तुत गरिएको छ।

    सुमधुर स्वर, सरल शब्द चयन तथा मन छुने संगीत संयोजनका कारण भजनले श्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ। नेपाली भजन संगीत क्षेत्रमा निरन्तर सक्रिय रिमालले आफ्ना सिर्जनामार्फत धार्मिक तथा सांस्कृतिक मूल्यको प्रवर्द्धन गर्दै आउनुभएको छ।

    नयाँ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘दिन रातैमा’ भजन हेरेर प्रतिक्रिया दिन रिमालले श्रोता तथा दर्शकलाई आग्रह गर्नुभएको छ। उहाँको यो नयाँ प्रस्तुति नेपाली भजन संगीतप्रेमीका लागि विशेष उपहार बन्ने विश्वास गरिएको छ।

    भजन हेर्न नभुल्नु होला।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २, २०८३ मंगलवार - २१:३७:५१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology