शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

धादिङमा बोलेरो दुर्घटना : एकजनाको मृत्यु, नौ घाइते

धादिङमा बोलेरो दुर्घटना : एकजनाको मृत्यु, नौ घाइते

नागरिक पाटी

४, मंसिर २०८३
  • 631
    SHARES
  • धादिङमा बोलेरो दुर्घटना :  एकजनाको मृत्यु, नौ घाइते

    धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । चालकसहित नौजना घाइते भएका छन् । गएराति १ः५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको बागमती प्रदेश ०२०३३ च ७१६९ नम्बरको बोलेरो गाडी उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटना भएको हो ।

    images

    दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४ बोराङ निवासी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकसहित नौजना घाइते भएका छन् ।

    घाइते हुनेहरूमा रुबीभ्याली गाउँपालिका–४ का ३५ वर्षीया कान्छीमाया तामाङ, नौ वर्षीय पिटर तामाङ, ११ वर्षीय आमोष तामाङ, १४ वर्षीय कमल घले, ३३ वर्षीया मिजोङ तामाङ, २० वर्षीय विमल तामाङ र ४० वर्षीय चेरोङ तामाङ रहेका छन् । बोलेरो चालक धादिङको खनियाबास गाउँपालिका–१ निवासी ४० वर्षीय डम्बर तामाङ र महोत्तरीको बर्दिबास नगरपालिका–११ निवासी २५ वर्षीय ललित बोम्जन पनि घाइते भएका छन् ।

    घाइतेमध्ये आमोष तामाङ, मिजोङ तामाङ र चालक डम्बर तामाङको अवस्था गम्भीर छ । अन्य घाइतेको अवस्था मध्यम रहेको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ४, २०८३ शुक्रवार - ०८:०९:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology