धादिङ । नेपाली कम्युनिस्ट पार्टीको जनजागरण अभियानअन्तर्गत धादिङको थाक्रे गाउँपालिका समिति कार्यालय महादेवबेँसीमा उद्घाटन गरिएको छ।

विचारको जागरण, संगठनको सुदृढीकरण र परिवर्तनको नयाँ संकल्पसहित सुरु गरिएको अभियानले जनताका आवाज, समस्या, आवश्यकता र अपेक्षालाई राजनीतिको केन्द्रमा स्थापित गर्दै पार्टी संगठनलाई थप गतिशील र जनमुखी बनाउने विश्वास लिइएको छ।

कार्यक्रममा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका नेता तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जनतासँग प्रत्यक्ष जोडिएर उनीहरूका समस्या र अपेक्षालाई सम्बोधन गर्दै संगठनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले विचार र संगठनलाई सुदृढ बनाउँदै समाजवादको यात्रामा अघि बढ्न कार्यकर्तालाई सुझाव दिनुभयो।

नेपाली कम्युनिस्ट पार्टी थाक्रेका सहसंयोजक भूमिलाल तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे,शालिकराम जम्कट्टेललगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।