बिहिवार, मंसिर ३ गते २०८३

Thursday, Nov 19 2026 बिहिवार, मंसिर ३ गते २०८३

करिब २ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

करिब २ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

नागरिक पाटी

२, मंसिर २०८३
  • 617
    SHARES
  • करिब २ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ८०३ ७७ ग्राम सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
    हङकङबाट नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत काठमाडौं आएका ५८ वर्षीय जियानहुवा वाङलाई शंकास्पद गतिविधिका आधारमा जाँच गर्दा उक्त पदार्थ फेला परेपछि बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार उनले मलद्वारभित्र प्लास्टिकले बेरेर चारवटा गोलाकार अर्धठोस पहेँलो पदार्थ लुकाएर ल्याएका थिए । भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा जाँच गर्दा सुन बरामद गरिएको हो ।

    images

    चिनियाँ नागरिक वाङलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको प्रहरीले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २, २०८३ बुधवार - १३:२४:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology