बिहिवार, मंसिर ३ गते २०८३

Thursday, Nov 19 2026 बिहिवार, मंसिर ३ गते २०८३

रुसमा सैन्य कार्गो विमान दुर्घटना, १९ जनाको मृत्यु

रुसमा सैन्य कार्गो विमान दुर्घटना, १९ जनाको मृत्यु

नागरिक पाटी

२, मंसिर २०८३
  • 708
    SHARES
  • रुसमा सैन्य कार्गो विमान दुर्घटना, १९ जनाको मृत्यु

    रुसको साइबेरियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ । रुसी सरकारी सञ्चारमाध्यमले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार नियमित उडानको क्रममा केमेरोभो क्षेत्रको सुनसान क्षेत्रमा एएन-१२ विमान दुर्घटनाग्रस्त भएको थियो ।

    images

    प्रारम्भिक रूपमा प्राविधिक गडबडी दुर्घटनाको सम्भावित कारण भएको आशंका गरिएको छ । दुर्घटनाबारे रुसी उड्डयन अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् ।

    स्थानीय गभर्नर इल्या सेरेड्युकले विमान यागुनोभो गाउँ नजिकै दुर्घटनाग्रस्त भएको बताए । आपतकालीन टोलीहरूले घटनास्थलमा आगो तुरुन्तै निभाएका थिए ।

    घटनास्थल पुगेका सेरेड्युकले हेलिकप्टर र चिकित्सा सुविधाहरू तयारी अवस्थामा रहेको बताए । उनले अब मुख्य काम अनुसन्धानकर्ताहरूलाई सहयोग गर्नु रहेको बताए।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २, २०८३ बुधवार - ०९:०७:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology