नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । वायुसेनाका अनुसार एटीआर–४२ विमानमा २० यात्रु र चालक दलका पाँच सदस्य थिए ।
विमान देशको आर्थिक राजधानी लागोसका लागि नियमित उडानमा थियो ।
विमान उडेको केही समयपछि राडारबाट सम्पर्कविहीन भएको थियो । खोजीका क्रममा यसको भग्नावशेष ओन्डो राज्यको नदी किनारमा रहेको इग्बोकाडा सहरस्थित नौसैनिक अड्डानजिकै फेला परेको अधिकारीहरूले बताएका छन् ।
नाइजेरियाका नागरिक उड्डयनमन्त्री फेस्टस केयामोले सुरुमा विमानमा ३२ जना सवार रहेको बताएका थिए । तर, पछि वायुसेनाले यात्रु र चालक दलसहित २५ जना मात्रै विमानमा रहेको जनाएको थियो ।