बिहिवार, आश्विन २२ गते २०८३

Thursday, Oct 08 2026 बिहिवार, आश्विन २२ गते २०८३

वाग्मतीसहित चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

वाग्मतीसहित चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

नागरिक पाटी

२१, आश्विन २०८३
  • 1.6K
    SHARES
  • वाग्मतीसहित चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

    देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभाग तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी क्षेत्रका एकदुई स्थानमा दिउँसो भारी वर्षाको सम्भावना रहेको हो ।

    images

    नेपाल मौसम विज्ञान विभागका अनुसार, दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

    हिमाली भूभागको थोरै स्थानमा र पहाडी क्षेत्रको केही स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी र असिनासहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा तथा मधेसलगायत कोसी, वाग्मती, गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी र असिनासहित मध्यमवर्षाको सम्भावना छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २१, २०८३ बुधवार - ०८:१०:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology