मंगलवार, आश्विन २० गते २०८३

Tuesday, Oct 06 2026 मंगलवार, आश्विन २० गते २०८३

मनकामना केबलकार आज बन्द रहने

मनकामना केबलकार आज बन्द रहने

नागरिक पाटी

२०, आश्विन २०८३
  • 883
    SHARES
  • मनकामना केबलकार आज बन्द रहने

    चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि सञ्चालित मनकामना केबलकार आज मँगलबार एक दिन बन्द हुने भएको छ। चाडपर्वअघि नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले केबलकार सेवा एक दिनका लागि बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। उनले टावर तथा स्टेसनको नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले सेवा बन्द गर्न लागिएको बताए।

    images

    केबलकार बन्द गरी टावरको मर्मत तथा निरीक्षण गर्नुका साथै दुवै स्टेसनको अवस्थाबारे जाँच गरिने उनले बताए। उनले सेवा बन्द रहने जानकारी सामाजिक सञ्जालमार्फत समेत गराइएको बताउनुभयो । यसबाट पर्न जाने असुविधाप्रति मनकामना दर्शन प्रालिले क्षमा मागेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २०, २०८३ मंगलवार - ०६:४५:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology