मंगलवार, आश्विन २० गते २०८३

Tuesday, Oct 06 2026 मंगलवार, आश्विन २० गते २०८३

सस्तो र कम स्पीडका इन्टरनेट प्याकेज आजदेखि बन्द

सस्तो र कम स्पीडका इन्टरनेट प्याकेज आजदेखि बन्द

नागरिक पाटी

१९, आश्विन २०८३
  • 981
    SHARES
  • सस्तो र कम स्पीडका इन्टरनेट प्याकेज आजदेखि बन्द

    इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान)ले सूचना जारी गर्दै सस्तो र कम स्पीडका प्याकेज बन्द गर्ने निर्णय गरेको हो ।

    images
    images

    बितेका १२ वर्षमा इन्टरनेटको पहुँच र प्रभावमा नेपालले गरेको प्रगति गर्व गर्न लायक रहेको र फिक्स्ड ब्रोडब्यान्डको घनत्व र पहुँचमा, हामी दक्षिण एसियाको सस्तोमा पर्ने आइस्पानको दाबी छ ।

    विगतका वर्षहरूका मूल्यवृद्धि, मध्यपूर्वको तनावले इन्धनको मूल्य आकाशिएको थियो । फाइबरको मूल्य, अत्यधिक मुद्रास्फीतिको अवस्था र एआईको तीव्र वृद्धिले गर्दा एक्कासि इलेक्ट्रोनिक र चीपसेटको मूल्य महंगिएको छ । यही कारणले आईएसपीहरूको सञ्चालन चल्न सकस भएको हुँदा हाल दिँदै आएको सुपथ मूल्यका र कम स्पीडका प्याकेजहरू उपलब्ध गराउन नसक्ने आइस्पानले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १९, २०८३ सोमवार - ११:३२:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology