धादिङ । प्रयास नेपाल धादिङको २५औँ वार्षिक साधारण सभा तथा १०औँ अधिवेशन शनिबार सम्पन्न भएको छ।

अधिवेशनबाट संस्थाको अध्यक्षमा पुनः वीरबहादुर श्रेष्ठ चयन हुनुभएको छ। यस्तै, उपाध्यक्षमा उषा बि.क., सचिवमा सरिता श्रेष्ठ, सहसचिवमा कपिलदेव सापकोटा, कोषाध्यक्षमा बिपिना सिञ्जाली मगर तथा सदस्यमा ईश्वरीमाया चेपाङ र निर्मला श्रेष्ठ चयन हुनुभएको छ।

साधारण सभामा आर्थिक वर्ष २०८२/०८३ को प्रगति तथा आय–व्यय विवरण समीक्षा गरी अनुमोदन गरिएको छ। साथै, चालु आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम पारित गर्नुका साथै समसामयिक विषयमा १७ वटा निर्णय गरिएको सदस्य रुपा कट्टेलले जानकारी दिनुभएको छ।

२५ वर्षदेखि शिक्षा, बाल संरक्षण, जीविकोपार्जन, विपद् जोखिम न्यूनीकरण, खानेपानी तथा सरसफाइ, जलवायु परिवर्तन, लैङ्गिक समानता, सामाजिक समावेशीकरण र सुशासनका क्षेत्रमा प्रयास नेपाल सक्रिय रहँदै आएको छ।
यसैबीच, भदौ १० गते आएको भोटेकोसी बाढीबाट प्रभावित परिवारलाई राहत तथा आवश्यक सामग्री सहयोग गर्नुका साथै विपद्पछिको तत्कालीन प्रतिकार्य र पुनःस्थापनाका कामसमेत सञ्चालन भइरहेको कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनुभएको छ।