मंगलवार, आश्विन २० गते २०८३

Tuesday, Oct 06 2026 मंगलवार, आश्विन २० गते २०८३

मुग्लिन–मलेखु सडक स्तरोन्नतिले पायो तीव्रता

मुग्लिन–मलेखु सडक स्तरोन्नतिले पायो तीव्रता

नागरिक पाटी

२०, आश्विन २०८३
  • 1.2K
    SHARES
  • मुग्लिन–मलेखु सडक स्तरोन्नतिले पायो तीव्रता

    मुग्लिन–नागढुंगा सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड (मुग्लिन–मलेखु) स्तरोन्नतिको कामले तीव्रता पाएको छ । मौसममा सुधार आएसँगै रोकिएका तथा सुस्त बनेका निर्माण कार्यहरू पुनः धमाधम अघि बढेका हुन् ।

    images

    कुल ३८.८६ किलोमिटर लम्बाइ रहेको यो रणनीतिक सडक खण्ड विश्व बैंकको ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार तथा स्तरोन्नति भइरहेको हो ।

    तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित यो सडक खण्डको ठेक्का २०७९ साल पुस १५ गते सम्झौता भएको थियो । सम्झौता अवधिअनुसार काम अघि बढे पनि हालसम्म यस खण्डको करिब ५५ प्रतिशत मात्र भौतिक प्रगति हासिल भएको छ ।

    वर्षायाम सकिएर मौसम अनुकूल भएसँगै निर्माण व्यवसायीले कामलाई गति दिएका छन् । सडक चौडा गर्ने, पर्खाल लगाउने, नाली निर्माण तथा कटिङका कामहरू अहिले तीव्र गतिमा भइरहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २०, २०८३ मंगलवार - ०६:३१:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology