मंगलवार, आश्विन २० गते २०८३

Tuesday, Oct 06 2026 मंगलवार, आश्विन २० गते २०८३

देशका विभिन्न भूभागमा वर्षाको सम्भावना

देशका विभिन्न भूभागमा वर्षाको सम्भावना

नागरिक पाटी

२०, आश्विन २०८३
  • 722
    SHARES
  • देशका विभिन्न भूभागमा वर्षाको सम्भावना

    कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा कोशी, मधेस, बागमती प्रदेशको सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव समेत रहेको छ।

    images

    जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणता बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कोशी प्रदेशको एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर साधारणता बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । देशको पहाडी भूभागका केही स्थानमा तथा तराई भूभागका थोरै स्थानमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना छ।

    आज राति देशको हिमाली र पहाडी भूभागमा साधारणता बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणता बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। देशको पहाडी भूभागको थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा तथा मधेसलगायत कोशी, बागमती, गण्डकी प्रदेशको तराई भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २०, २०८३ मंगलवार - ०६:३०:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology