अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कहिल्यै आणविक हतियार प्राप्त गर्न दिन नहुने बताएका छन्। वासिङ्टन र तेहरानबिच बढ्दो तनावका बिच उनले होर्मुज जलमार्गलाई ‘अमेरिकी क्षेत्र’ का रूपमा वर्णन गरेको अल जजिराले जनाएको छ। इरान सम्झौता गर्न चाहे पनि वासिङ्टनले आफ्ना सर्तविपरीतको सम्झौता स्वीकार नगर्ने उनले स्पष्ट पारे।