आइतवार, कार्तिक २९ गते २०८३

Sunday, Nov 15 2026 आइतवार, कार्तिक २९ गते २०८३

हेटौँडामा पेस्तोलसहित दुईजना पक्राउ

हेटौँडामा पेस्तोलसहित दुईजना पक्राउ

नागरिक पाटी

२८, कार्तिक २०८३
  • 1.1K
    SHARES
  • हेटौँडामा पेस्तोलसहित दुईजना पक्राउ

    मकवानपुरको हेटौँडाबाट सशस्त्र प्रहरीले पेस्तोलसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हेडक्वार्टर मकवानपुर र सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोबाट खटिएको संयुक्त टोलीले हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    images

    शनिबार दिउँसो करिब १२ः१५ बजे बा.प्र.०३–००१ ह ११८१ नम्बरको अटो जाँच गर्ने क्रममा भाग्न खोजेपछि इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले एक राउन्ड हवाई फायर गरेको थियो ।

    त्यसपछि टोलीले अटोमा सवार मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीका २७ वर्षीय सुनबहादुर तामाङ र २२ वर्षीय विश्वराज तामाङलाई नियन्त्रणमा लिएको हो ।

    उनीहरूको साथबाट ७.६५ एमएम क्यालिबरको एक थान सेमी अटोमेटिक पेस्तोल, एक थान म्यागजिन र ७.६५ एमएमको एक राउन्ड गोली बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २८, २०८३ शनिवार - १८:०९:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology