राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आवश्यक परे पार्टीले आफूलाई सम्पूर्ण जिम्मेवारीबाट हटाउन सक्ने बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकबाट धारणा सार्वजनिक गर्दै उनले प्रश्न आफूमाथि उठेकाले मतदाता वा पार्टी कसैले पनि शिर झुकाउन नपर्ने बताएका हुन् । "म माथि निर्मम छानबिन होस्, आवश्यक परे प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट पनि निलम्बन गरियोस्" उनले भनेका छन् ।
आफ्नो कर्मका कारण पार्टी र सरका सती जान नपर्ने उनको धनाइ छ । "म पार्टी, सरकार,राज्यका सबै निकायलाई छानबिनमा सघाउन तयार छु । प्रमाणित भएको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार छु," उनले भनेका छन् ।
राजनीतिक र सामाजिक रूपमा सक्रिय महिला पात्रलाई आफूसँग जोडेर बदनाम गराउन खोजिएको भन्दै उनले आपत्ति जनाएका छन् । उक्त कार्य स्वीकार्य नहुने चेतावनी उनले दिएका छन् ।