शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बाढीपहिरोका कारण २१ जनाको मृत्यु, पाँचजना बेपत्ता

बाढीपहिरोका कारण २१ जनाको मृत्यु, पाँचजना बेपत्ता

नागरिक पाटी

१२, आश्विन २०८३
  • 1.3K
    SHARES
  • बाढीपहिरोका कारण २१ जनाको मृत्यु, पाँचजना बेपत्ता

    भारी वर्षापछि बाढी र पहिरोका घटनामा २१ जनाको मृत्यु भएको छ । यस्तै, पाँचजना घाइते भएका छन् भने पाँच जना बेपत्ता छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका ५३ घटनामा सातजनाको मृत्यु भएको छ। पहिरोका २५६ घटनामा १४ जनाको मृत्यु, चार जना घाइते र पाँच जना बेपत्ता भएका छन् ।

    बंगालको खाडीमा उत्पन्न न्यूनचापीय प्रणालीका कारण असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भएको हो । बाढी र पहिरोका कारण देशभर १४३ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५१ घरमा आंशिक क्षति पुगेको छ ।

    images
    images

    विपद्का कारण ७४७ परिवार प्रत्यक्ष प्रभावित भएका प्राधिकरणले जनाएको छ । जोखिममा परेका विभिन्न जिल्लाबाट करिब दुई हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ । निरन्तर वर्षाका कारण देशभरका १८६ वटा वर्षामापन केन्द्रमा सय मिलीमिटरभन्दा बढी वर्षा मापन भएको छ । सबैभन्दा धेरै नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को डेढगाउँमा ५४४ दशमलव दुई मिलीमिटर वर्षा भएको छ ।

    कास्कीको पञ्चासेमा ५००.२ र तनहुँको अत्रौलीटारमा ४७२ मिलीमिटर वर्षा मापन गरिएको प्राधिकरणले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १२, २०८३ सोमवार - ०७:०७:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology