सोमवार, कार्तिक २३ गते २०८३

Monday, Nov 09 2026 सोमवार, कार्तिक २३ गते २०८३

रसुवाको उत्तरगयामा बाढीबाट प्रभावित ६५५ जनालाई मृतकसरह घोषणा गर्ने प्रक्रिया अघि बढाइयो

रसुवाको उत्तरगयामा बाढीबाट प्रभावित ६५५ जनालाई मृतकसरह घोषणा गर्ने प्रक्रिया अघि बढाइयो

नागरिक पाटी

२२, कार्तिक २०८३
  • 2.9K
    SHARES
  • रसुवाको उत्तरगयामा बाढीबाट प्रभावित ६५५ जनालाई मृतकसरह घोषणा गर्ने प्रक्रिया अघि बढाइयो

    रसुवा । भदौ १० गते आएको विनाशकारी बाढीबाट रसुवाको उत्तरगया गाउँपालिकामा भएको मानवीय क्षतिको विवरण संकलन गरी ६५५ जनालाई मृतकसरह घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ। गाउँपालिकाभर सम्पर्कविहीन भएका व्यक्तिमध्ये ११ जनाको मात्रै पहिचान खुलेको छ भने ६५५ जनालाई मृतकसरह घोषणा गर्न सिफारिस गर्ने प्रक्रिया अघि बढाइएको हो। 

    images

    उत्तरगया गाउँपालिका अध्यक्ष माधव अर्यालका अनुसार पालिकाभर संकलन गरिएको विवरणका आधारमा आवश्यक प्रक्रिया सुरु गरिएको हो। बाढीबाट सबैभन्दा बढी मानवीय क्षति वडा नम्बर १ मा भएको छ। उक्त वडामा मात्रै ३८६ जनालाई मृतकसरह घोषणा गर्ने प्रक्रिया अघि बढाइएको अध्यक्ष अर्यालले जानकारी दिए।

    बाढीपछि गाउँपालिका तथा वडा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सम्पर्कविहीन भएका व्यक्तिहरूबारे जानकारी गराउन परिवारका सदस्यलाई आग्रह गरेका थिए। सोहीअनुसार परिवारका सदस्यहरू वडा कार्यालयमा पुगेर बाढीका कारण सम्पर्कविहीन भएका आफन्तको विवरण उपलब्ध गराएका थिए। परिवारबाट प्राप्त जानकारीका आधारमा गाउँपालिकाले मानवीय क्षतिको विवरण संकलन गरेको हो।

    गाउँपालिकाले संकलन गरेको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउनेछ। प्राधिकरणले विवरण यकिन गरेपछि मन्त्रिपरिषद् बैठकबाट उनीहरूलाई मृतकसरह घोषणा गर्ने प्रक्रिया अघि बढ्नेछ।

    मन्त्रिपरिषद्बाट मृतकसरह घोषणा भएपछि सम्बन्धित परिवारले पाउने सरकारी राहत तथा सहायता रकम परिवारको खातामा जम्मा गरिने अध्यक्ष अर्यालले जानकारी दिए। 

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २२, २०८३ आइतवार - १७:१२:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology