सोमवार, कार्तिक २३ गते २०८३

Monday, Nov 09 2026 सोमवार, कार्तिक २३ गते २०८३

देउसी–भैलो खेल्न चौबिसै घण्टा अनुमति, मन्त्रालयले तोकेको सात सर्तमा के छ ?

देउसी–भैलो खेल्न चौबिसै घण्टा अनुमति, मन्त्रालयले तोकेको सात सर्तमा के छ ?

नागरिक पाटी

२३, कार्तिक २०८३
  • 379
    SHARES
  • देउसी–भैलो खेल्न चौबिसै घण्टा अनुमति, मन्त्रालयले तोकेको सात सर्तमा के छ ?

    गृह मन्त्रालयले तिहारका अवसरमा देउसी–भैलो कार्यक्रम चौबिसै घण्टा सञ्चालन गर्न अनुमति दिएको छ । सोमबार मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै सुरक्षित, मर्यादित एवं सुव्यवस्थित रूपमा चौबिसै घण्टा देउसी–भैलो खेल्न दिने जनाएको हो ।

    images

    निर्धारित सर्त पालना गरी देउसी–भैलो खेल्न दिन मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयले सात सर्त पनि तोकेको छ । परिपत्रमा नेपालीहरूको मौलिक सांस्कृतिक, धार्मिक तथा परम्परागत चाड तिहारका अवसरमा देउसी–भैलो कार्यक्रम अनुशासित रूपमा २४ घण्टा सञ्चालन गर्न दिन भनिएको छ ।

    परिपत्रअनुसार देउसी–भैलो कार्यक्रम पूर्ण रूपमा स्वेच्छिक र मर्यादित ढंगले सञ्चालन गर्नुपर्नेछ । कार्यक्रममा सहभागी हुने वा नहुने विषय व्यक्तिको इच्छामा निर्भर हुने र कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न नपाइने व्यवस्था गरिएको छ ।

    ूविभिन्न जातजाति, धर्म, भाषा, लिंग वा समुदायप्रति घृणा तथा द्वेष फैलाउने किसिमका अश्लील नृत्य, गीत, संगीत वा नाराको प्रयोग गर्न निषेध गरिएको छ,ू परिपत्रमा उल्लेख छ ।

    मन्त्रालयले चाडपर्व मनाउने क्रममा जुवा तथा तास नखेल्न निर्देशन दिएको छ । सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्न र मादक पदार्थ तथा लागुपदार्थ सेवन गरेर सवारीसाधन नचलाउन भनिएको छ ।

    अत्यधिक ठूलो आवाजमा साउन्ड सिस्टम तथा ध्वनि उपकरण प्रयोग नगर्नसमेत भनिएको छ । विशेष गरी अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा शान्ति कायम राख्न मन्त्रालयले निर्देशन दिएको छ ।

    deus-1794228837.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २३, २०८३ सोमवार - २१:२६:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology