नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । सोमबार बिहान करिब १०ः५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई विदुर–९ मा बस्दै आएका ४७ वर्षीय बुद्धिमान तामाङ, विदुर–१३ की ३१ वर्षीया विन्दा थापामगर र सोही स्थानकी २७ वर्षीया सुनिता थापामगरको उपचारका क्रममा जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको हो ।