सोमवार, कार्तिक २३ गते २०८३

Monday, Nov 09 2026 सोमवार, कार्तिक २३ गते २०८३

गल्छीमा आज बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

गल्छीमा आज बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

नागरिक पाटी

२३, कार्तिक २०८३
  • 1.9K
    SHARES
  • गल्छीमा आज बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

    धादिङको गल्छी गाउँपालिका–६ बैरेनी अस्पतालमा आज (सोमबार) बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदैछ। मलेसियाबाट आएका अनुभवी चिकित्सकसहितको टोलीले स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गर्न लागिएको हो।

    images

    शिविरमा सामान्य स्वास्थ्य परीक्षण तथा उपचार, दुखाइसम्बन्धी समस्या, दाँत तथा मुख स्वास्थ्य परीक्षण, आँखाको परीक्षण, बालबालिका तथा महिलासम्बन्धी रोगको जाँच, रक्तचाप र मधुमेह परीक्षणलगायतका सेवा उपलब्ध हुने आयोजकले जनाएको छ।

    त्यस्तै, शिविरमा भिडियो एक्स–रे सेवा तथा आवश्यकताअनुसार निःशुल्क औषधिसमेत वितरण गरिनेछ।

    बोधिसत्व विहार, टेगार गुम्बा च्यारिटी र गल्छी गाउँपालिकाको आयोजना तथा कान्छीमाया तामाङ फाउन्डेसनको सहकार्यमा सञ्चालन हुने शिविरमा स्वास्थ्य परीक्षण तथा उपचारको अवसर लिन गल्छी र आसपासका क्षेत्रका सर्वसाधारणलाई आयोजकले सहभागी हुन आग्रह गरेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २३, २०८३ सोमवार - ०९:०१:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology