बिहिवार, आश्विन २९ गते २०८३

Thursday, Oct 15 2026 बिहिवार, आश्विन २९ गते २०८३

सिद्दलेक गाउँपालिकालाई स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण

सिद्दलेक गाउँपालिकालाई स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण

शिवराज आचार्य

२८, आश्विन २०८३
  • 309
    SHARES
  • सिद्दलेक गाउँपालिकालाई स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण

    धादिङ, असोज २८ गते। धादिङको सिद्दलेक गाउँपालिकामा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि तथा स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले कारितास नेपालको सहयोगमा प्रयास नेपाल, धादिङमार्फत स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरिएको छ।

    images

    बुधबार प्रयास नेपाल, धादिङका अध्यक्ष बिरबहादुर श्रेष्ठ र कार्यकारी निर्देशक दामोदर अर्यालले गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शंकरबाबु दुवाडीलाई स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गर्नुभएको हो।

    हस्तान्तरण गरिएका सामग्रीमा बिरामी ओसारपसार गर्न प्रयोग हुने २० थान स्ट्रेचर, गर्भस्थ शिशुको मुटुको धड्कन जाँच्ने ६ थान डप्लर, रक्तचाप मापन गर्ने यन्त्र र स्टेथोस्कोप १५ सेट, ३० थान डिजिटल थर्मोमिटर, ५० बक्स सर्जिकल मास्क तथा १०० बक्स परीक्षणमा प्रयोग हुने पञ्जा रहेका छन्।

    उपलब्ध स्वास्थ्य सामग्रीले गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा बिरामीको जाँच तथा उपचार प्रक्रियालाई सहज बनाउन, स्वास्थ्यकर्मीलाई आवश्यक उपकरणको उपलब्धता बढाउन र नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्ने शंकर बाबू डुवाडीले बताउनु भयो ।

    कारितास नेपालको सहयोगमा प्रयास नेपाल, धादिङले स्थानीय तहसँगको समन्वयमा स्वास्थ्य सेवा सहित विपद् प्रभावित समुदायको राहत, पुनःस्थापना तथा संरक्षणका क्षेत्रमा समेत सहकार्य गर्दै आएको कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनु भयो । ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २८, २०८३ बुधवार - २१:५६:२७ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology