बिहिवार, आश्विन २९ गते २०८३

Thursday, Oct 15 2026 बिहिवार, आश्विन २९ गते २०८३

‘कबड्डी ५’ को ट्रेलरमा के छ ?

‘कबड्डी ५’ को ट्रेलरमा के छ ?

नागरिक पाटी

२८, आश्विन २०८३
  • 1.3K
    SHARES
  • ‘कबड्डी ५’ को ट्रेलरमा के छ ?

    चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा काजीको वैवाहिक जीवन, मैया र काजीको सम्बन्धको नयाँ पाटाहरू समावेश छन् । विपीन कार्कीको भूमिका, बेरोजगारीबाट दिक्क भएर काजी, बीके र छन्त्यालले मुस्ताङमा सुरु गरेको होटेल, परिवार र साथीसँगको द्वन्द्व ट्रेलरमा देख्न सकिन्छ ।

    images

    भुल्न नसकेको प्रेम, व्यक्तिको व्यवहारलगायत ट्रेलरमा देख्न सकिन्छ ।

    ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ कात्तिक ६ गतेबाट प्रदर्शनमा आउँदै छ । चलचित्रमा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देललगायत कलाकारको अभिनय छ ।

    बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमालाई रामबाबु गुरुङले निर्देशन गरेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २८, २०८३ बुधवार - ०९:१८:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology