शुक्रवार, मंसिर ११ गते २०८३

Friday, Nov 27 2026 शुक्रवार, मंसिर ११ गते २०८३

पुराना मेसिनलाई आधुनिक प्रविधिबाट सुधारेर हेटौँडा कपडा उद्योग चलाउन सकिने मन्त्री पुनको भनाइ

पुराना मेसिनलाई आधुनिक प्रविधिबाट सुधारेर हेटौँडा कपडा उद्योग चलाउन सकिने मन्त्री पुनको भनाइ

नागरिक पाटी

११, मंसिर २०८३
  • 197
    SHARES
  • पुराना मेसिनलाई आधुनिक प्रविधिबाट सुधारेर हेटौँडा कपडा उद्योग चलाउन सकिने मन्त्री पुनको भनाइ

    विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट सुधार गरी पुनः सञ्चालन गर्न सकिने बताउनुभएको छ ।

    images

    आज हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रमा रहेको उद्योगको अवलोकन गर्दै मन्त्री पुनले मेसिनको अवस्था र सञ्चालनका चुनौतीबारे जानकारी लिनुभएको हो । मेसिन बनाउने चिनियाँ कम्पनी बन्द भइसकेकाले पार्टपुर्जा पाउन कठिन भए पनि आधुनिक प्रविधिको प्रयोगबाट उत्पादन सम्भव रहेको उहाँको भनाइ छ ।

    सरकारी स्वामित्वका पुराना उद्योगलाई अनुसन्धान र नवप्रवर्तनमार्फत चलाउन छुट्टै इकाइ स्थापना गर्नुपर्नेमा मन्त्री पुनले जोड दिनुभयो । उहाँले वीरगञ्जस्थित कृषि औजार कारखानामा करिब ७० देखि ८० करोड रुपैयाँको लगानीमा अनुसन्धान केन्द्र स्थापना गर्ने र त्यसका लागि नेपाली सेनासँग सहकार्य गर्न सकिने प्रस्ताव समेत अघि सार्नुभएको छ ।

    २०५७ सालदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारी निर्णयअनुसार अहिले परीक्षण उत्पादन भइरहेको छ । उद्योगका ४ सय ८८ मेसिनमध्ये नेपाली सेनाले मर्मत गरेपछि २० वटा लुमबाट कपडा बुन्ने परीक्षण भइरहेको हो । गत असार १८ गतेको सरकारी निर्णयपछि ३३ लाख रुपैयाँ बजेटमा सरसफाइ, विद्युत् सुधार र मेसिन मर्मतको काम अघि बढाइएको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ११, २०८३ शुक्रवार - २१:०७:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology