शुक्रवार, मंसिर ११ गते २०८३

Friday, Nov 27 2026 शुक्रवार, मंसिर ११ गते २०८३

नागढुङ्गा सुरुङमार्गका लागि आवश्यक एन–ट्याग अब सानिमा बैंकबाटै पाइने

नागढुङ्गा सुरुङमार्गका लागि आवश्यक एन–ट्याग अब सानिमा बैंकबाटै पाइने

नागरिक पाटी

१०, मंसिर २०८३
  • 841
    SHARES
  • नागढुङ्गा सुरुङमार्गका लागि आवश्यक एन–ट्याग अब सानिमा बैंकबाटै पाइने

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गबाट यात्रा गर्न आवश्यक पर्ने एन–ट्याग अब सानिमा बैंक लिमिटेड तथा देशभरि फैलिएका यसका शाखाहरूबाट सहजै लिन सकिने भएको छ। सडक बोर्ड नेपालद्वारा सञ्चालित यस सुरुङमार्गमा टोल भुक्तानीका लागि विद्युतीय टोल सङ्कलन प्रणाली लागू गरिएको छ।

    images

    सवारीसाधनको अगाडिको सिसामा टाँसिने एन–ट्याग स्टिकरलाई प्रवेश तथा निकास गेटमा जडान गरिएको यन्त्रले स्वतः पहिचान गर्ने र टोल रकम सम्बन्धित खाताबाट आफैँ कट्टा भई गेट खुल्ने भएकाले यात्रुले लाइनमा पर्खनु नपर्ने, झन्झटरहित र छिटो यात्राको अनुभव पाउने बैंकले जनाएको छ।

    सवारीधनीहरूले बैंकका जुनसुकै शाखामा गई एन–ट्याग लिन सक्नेछन्। एन–ट्यागमा बैंकको मोबाइल बैंकिङ सेवा तथा अन्य माध्यमबाट रिचार्ज गर्न सकिने व्यवस्था छ। बैंकले यो सेवा काठमाडौँभित्र मात्र नभई देशभरका शाखा सञ्जालमार्फत उपलब्ध गराएकाले उपत्यका बाहिरका सवारीधनीहरूले समेत आफ्नै नजिकको शाखाबाट सहजै एन–ट्याग जडान गर्न सक्नेछन्।

    एन–ट्याग तथा यससम्बन्धी थप जानकारीका लागि नजिकैको सानिमा बैंक शाखा, बैंकको ग्राहक सेवा वा ९८४७६९४५१० मा सम्पर्क गर्न सकिने जानकारी पनि बैंकले दिएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १०, २०८३ बिहिवार - २०:२०:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology