शुक्रवार, मंसिर ११ गते २०८३

Friday, Nov 27 2026 शुक्रवार, मंसिर ११ गते २०८३

पूर्वमुख्यमन्त्री पाण्डेको पहलमा गल्छी र गजुरीका बाढीपीडितलाई खाद्यान्न सहयोग

पूर्वमुख्यमन्त्री पाण्डेको पहलमा गल्छी र गजुरीका बाढीपीडितलाई खाद्यान्न सहयोग

नागरिक पाटी

१०, मंसिर २०८३
  • 1.2K
    SHARES
  • पूर्वमुख्यमन्त्री पाण्डेको पहलमा गल्छी र गजुरीका बाढीपीडितलाई खाद्यान्न सहयोग

    धादिङ । गत भदौ १० र १४ गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित धादिङका नागरिकलाई राहत सामाग्री वितरण गरिएको छ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको पहलमा र मरकाजी जमियत अहले हदीस नेपालले साउदी अरेबिया राजपरिवारको सहकार्यमा धादिङका गल्छी र गजुरी गाउँपालिका क्षेत्रका एक हजार परिवारलाई खाद्यान्नलगायतका राहत सामग्री वितरण गरेकोे हो । राहत प्याकेजमा प्रतिपरिवार १० केजी चामल, ५ केजी दाल, ५ केजी चना, ५ लिटर खानेतेल, २ केजी पास्ता, २ केजी नुन तथा चाउचाउलगायत सामग्री छ ।

    images
    saudi.jpeg

    आज गजुरीको बेल्खुबजार, गलौँदी बजार, चाम्बास, बिहानीपम्पलगायतका स्थानमा पुगेर बाढीपीडित ५०० परिवारलाई राहत सामग्री उपलब्ध गराइएको मरकाजी जमियत अहले हदीस नेपालका महासचिव अजिजुर रहमानले जानकारी दिए ।

    यसअघि गल्छी गाउँपालिकाका ५०० बाढीपीडित परिवारलाई पनि सोही परिमाणको राहत सामग्री वितरण गरिसकिएको छ । राहत अभियानलाई थप विस्तार गर्दै सिद्धलेक र बेनिघाट रोराङ गाउँपालिकाका थप ५०० परिवारका लागि समेत राहत वितरण गर्ने कार्यक्रम रहेको महासचिव रहमानले बताए । यससँगै चार स्थानीय तहका गरी कुल २ हजार परिवारलाई राहत उपलब्ध गराउने लक्ष्य रहेको छ ।

    saudi 2.jpeg

    यसअघी गल्छी गाउँपालिकामा राहत वितरणका क्रममा साउदी अरेबियाका राजपरिवारका प्रतिनिधि तथा नेपालस्थित साउदी अरेबियाली दूतावासका प्रतिनिधिसमेत सहभागी भएका थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १०, २०८३ बिहिवार - १५:००:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology