शुक्रवार, मंसिर ११ गते २०८३

Friday, Nov 27 2026 शुक्रवार, मंसिर ११ गते २०८३

गंगाजमुनामा लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक र्‍याली, सडक नाटक तथा हस्ताक्षर अभियान शुभारम्भ

गंगाजमुनामा लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक र्‍याली, सडक नाटक तथा हस्ताक्षर अभियान शुभारम्भ

नागरिक पाटी

१०, मंसिर २०८३
  • 379
    SHARES
  • गंगाजमुनामा लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक र्‍याली, सडक नाटक तथा हस्ताक्षर अभियान शुभारम्भ

    धादिङ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०२६ अन्तर्गत गंगाजमुना गाउँपालिकामा प्रयास नेपाल धादिङ संयुक्त आयोजनामा सचेतनामूलक र्‍याली, विद्यालय स्तरीय सडक नाटक तथा लैङ्गिक हिंसाविरुद्ध हस्ताक्षर अभियान शुभारम्भ गरिएको छ।

    images

    कार्यक्रममा कृषक समूहका प्रतिनिधि, लैङ्गिक च्याम्पियन, माध्यमिक तहका बालबालिका तथा फोकल शिक्षकहरूको उल्लेख सहभागिता रहेको थियो।

    921970022_1705487314587131_3729146789194869333_n.jfif

    सचेतनामूलक र्‍याली तथा विद्यालय स्तरीय सडक नाटक मार्फत लैङ्गिक हिंसाका विभिन्न स्वरूप, यसको असर, रोकथाम, लैङ्गिक समानता, बालअधिकार र सम्मानजनक व्यवहारसम्बन्धी सन्देश प्रवाह गरिएको थियो। साथै, लैङ्गिक हिंसाविरुद्ध सामूहिक प्रतिबद्धता जनाउन हस्ताक्षर अभियान समेत सुरु गरिएको छ।

    हिंसा सहनु बाध्यता होइन, हिंसा गर्नु अपराध हो र हिंसाविरुद्ध आवाज उठाउनु प्रत्येक नागरिकको अधिकार तथा जिम्मेवारी हो। १६ दिन मात्र नभई वर्षका ३ सयय ६५ दिन नै लैङ्गिक समानता, बालअधिकार, मानव मर्यादा र हिंसामुक्त समाज निर्माणका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताउनु भएको थियो।

    925943156_1410568407822680_1842232860035879728_n.jfif

    आड्रा नेपालको साझेदारीमा सञ्चालित उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजना र गंगाजमुना गाउँपालिकाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको प्रयास नेपाल धादिङकी लैङ्गिक सहायक शर्मिला गुरुङले जानकारी दिनुभयो।

    गंगाजमुना गाउँपालिका उपाध्यक्ष रामेश्वर सिम्खडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुदिप ढुंगाना, वडा अध्यक्ष कुमारबहादुर अधिकारी तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले लैङ्गिक हिंसाविरुद्धको अभियानको महत्व र यसको अन्त्यका लागि स्थानीय सरकार, विद्यालय, समुदाय तथा सरोकारवालाहरूको भूमिकाबारे धारणा राख्नुभएको थियो।

    916897137_1791992828681827_5874388734616773226_n.jfif

    कार्यक्रममा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले लैङ्गिक हिंसा कुनै एक व्यक्ति, परिवार वा महिलाको मात्र समस्या नभई सामाजिक न्याय, मानव अधिकार, बाल संरक्षण, सुशासन र समग्र विकाससँग जोडिएको साझा चुनौती भएको विषयमा तथ्यांक सहित जानकारी गराउनु भएको थियो । हिंसा विरुद्धका अभियानलाई नारामा मात्र सीमित नराखी पीडितको न्यायमा पहुँच, बालबालिकाको सुरक्षा, हिंसामुक्त विद्यालय, प्रभावकारी न्यायिक प्रणाली र सुरक्षित डिजिटल वातावरण निर्माणमा केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १०, २०८३ बिहिवार - ११:१०:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology