शुक्रवार, मंसिर ११ गते २०८३

Friday, Nov 27 2026 शुक्रवार, मंसिर ११ गते २०८३

रवि–बालेनबिच पाँच घण्टा लामो भेटवार्ता

रवि–बालेनबिच पाँच घण्टा लामो भेटवार्ता

नागरिक पाटी

१०, मंसिर २०८३
  • 715
    SHARES
  • रवि–बालेनबिच पाँच घण्टा लामो भेटवार्ता

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबिच बिहीबार भेटवार्ता भएको छ । सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषय, आगामी निर्वाचन र सरकारका कामकारबाहीलगायत विषयमा छलफल भएको हो ।

    images

    लामिछानेको सचिवालयका अनुसार दुई नेताबिच करिब पाँच घण्टा आत्मीय र सौहार्दपूर्ण कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए । सो क्रममा भारत भ्रमण र त्यसबाट प्राप्त उपलब्धिबारे पनि छलफल भएको सभापतिको सचिवालयले जनाएको छ ।

    त्यस्तै, आगामी निर्वाचन र त्यसको तयारी, पार्टीले सुरु गर्न लागेको प्रशिक्षण अभियान तथा मन्त्री, मन्त्रालय र सरकारका कामकारबाहीका विषयमा पनि दुई नेताबिच कुराकानी भएको थियो । भेटमा सरकारले ल्याउन लागेको अध्यादेश र आगामी संसद् अधिवेशनका सन्दर्भमा समेत छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १०, २०८३ बिहिवार - २०:१५:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology