नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढेर २ लाख ४६ हजार १०० रुपैयाँ पुगेको छ । बिहीबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १२० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ३ हजार ७५ रुपैयाँ रहेको चाँदी आज बढेर ३ हजार १९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख १० हजार ९९० रुपैयाँ र चाँदीको मूल्य प्रतिदश ग्राम २ हजार ७३९ रुपैयाँ कायम भएको छ ।