सोमवार, मंसिर ७ गते २०८३

Monday, Nov 23 2026 सोमवार, मंसिर ७ गते २०८३

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि ‘एन ट्याग’ कुमारी बैंकमा उपलब्ध

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि ‘एन ट्याग’ कुमारी बैंकमा उपलब्ध

नागरिक पाटी

६, मंसिर २०८३
  • 1.3K
    SHARES
  • नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि ‘एन ट्याग’ कुमारी बैंकमा उपलब्ध

    कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि ‘एन ट्याग’को बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ ।

    images

    ‘एन ट्याग’ एक विद्युतीय टोल भुक्तानी प्रणाली हो, जसले सवारीधनीहरूलाई टोल बुथमा नरोकिई छिटो, सहज तथा नगदरहित रूपमा टोल शुल्क भुक्तानी गर्न सक्षम बनाउँछ । ‘एन ट्याग’ को स्टिकर सवारिमा टासेपछि ‘एन ट्याग’बाट आफैँ रकम कट्टा भई सुरुङमार्गहुँदै यात्रा गर्न सकिनेछ । जसले टोलमा हुने भीडभाड र लामो लाइनको झन्झट कम हुनेछ र यात्राको समय पनि बचत गर्नेछ ।

    ग्राहकहरूले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो तथा मोबाइल नम्बरका साथ नजिकको कुमारी बैंक शाखाबाट सहज रूपमा ‘एन ट्याग’ प्राप्त गर्न सक्नेछन् । साथै, ‘एन ट्याग’ सम्बन्धी थप जानकारी कुमारी बैंकको वेबसाइटमा हेर्न सकिनेछ भने उक्त वेबसाइटमार्फत नै अनलाइन ‘एन ट्याग’ दर्ता गर्ने प्रक्रिया पनि पूरा गर्न सकिने बैंकले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ६, २०८३ आइतवार - १६:५१:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology