बिहिवार, कार्तिक १९ गते २०८३

Thursday, Nov 05 2026 बिहिवार, कार्तिक १९ गते २०८३

राष्ट्र बैंकले आजदेखि सुनका असर्फी र चाँदीको मेडालियन बिक्री गर्दै

राष्ट्र बैंकले आजदेखि सुनका असर्फी र चाँदीको मेडालियन बिक्री गर्दै

नागरिक पाटी

१९, कार्तिक २०८३
  • 869
    SHARES
  • राष्ट्र बैंकले आजदेखि सुनका असर्फी र चाँदीको मेडालियन बिक्री गर्दै

    नेपाल राष्ट्र बैंकले आगामी तिहारलाई लक्षित गर्दै आजदेखि सर्वसाधारणलाई सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री गर्दै छ । बैंकको टक्सार महाशाखाले आजबाट सर्वसाधारणमा असर्फी र मेडालियन बिक्रीमा राख्ने भएको छ ।

    images

    सर्वसाधारणले प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान तथा १० ग्राम चाँदीका मेडालियन खरिद गर्न सक्नेछन् । यी दुवै खालका असर्फी र मेडालियनमा लक्ष्मी र गणेशको चित्र कुँदिएका हुनेछन् । जसलाई सर्वसाधारणले एकरएकवटा र बढीमा दुई थानसम्म किन्न सक्नेछन् ।

    सर्वसाधारणले खरिद गर्ने दिनको बजार मूल्यअनुसार असर्फी र मेडालियन किन्न सक्नेछन् । महाशाखाले आज र भोलिमात्रै बिक्रीमा राख्ने जनाएको छ ।

    यसका लागि ११ बजेदेखि ३ बजेसम्म महाशाखामा आएर खरिद गर्न सकिनेछ । खरिदकर्ताले नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र वा उक्ता नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्रको प्रतिलिपि ल्याउनुपर्नेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १९, २०८३ बिहिवार - ०८:५६:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology