धादिङ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थी तथा शिक्षकलाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।
चाइल्डफन्ड जापान र प्रयास नेपाल धादिङको सहकार्यमा सञ्चालित शिक्षामा पहुँच सुनिश्चितता परियोजना(SAFE) अन्तर्गत धादिङको गजुरी गाउँपालिकास्थित सरस्वती र इन्द्रायणी आधारभूत विद्यालयका बाढी प्रभावित विद्यार्थी तथा शिक्षकलाई विभिन्न सामग्री वितरण गरिएको हो ।

विद्यार्थीलाई शैक्षिक सामग्री, विद्यालय झोला, न्यानो कपडा तथा स्वच्छता सामग्री वितरण गरिएको छ । त्यस्तै, शिक्षकहरूलाई झोला र शिक्षण कार्यमा सहयोग पुग्ने स्टेसनरी सामग्री प्रदान गरिएको प्रयास नेपालले जनाएको छ ।
सहयोग सामग्री वितरण कार्यक्रममा गजुरी ५ का वडा अध्यक्ष गोविन्द लामिछाने, ०६का वडा अध्यक्ष झतm बहादुर तामाङ, प्रयास नेपालका सहसचिव कपिलदेव सापकोटा, चाइल्डफन्ड जापानका एरिया म्यानेजर कविराम बाठा मगर, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल तथा SAFE परियोजनाका प्रशासन तथा वित्त अधिकृत राजन रिजाल र अफिसर शम्भु घिमिरेलगायतको सहभागिता रहेको थियो ।

बाढीका कारण प्रभावित बनेको शैक्षिक गतिविधिलाई सहज बनाउँदै विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन सहयोग पु¥याउने उद्देश्यले सामग्री वितरण गरिएको हो ।