धादिङ । प्रयास नेपाल धादिङले चाइल्डफन्ड जापानसँगको साझेदारीमा सञ्चालित ‘शिक्षामा पहुँच सुनिश्चितता परियोजना’ अन्तर्गत भोटेकोशी बाढीपछिको प्रारम्भिक पुनर्लाभ कार्यक्रममार्फत गल्छी गाउँपालिकाका तीन विद्यालयमा शैक्षिक तथा आवश्यक सामग्री वितरण गरेको छ।
कार्यक्रमअन्तर्गत ७२ जना बालबालिकालाई शैक्षिक सामग्रीसहित झोला, कापी, पेन, पेन्सिल, न्यानो कपडा (फ्लिस ज्याकेट तथा ऊनी टोपी), स्वच्छता सामग्री र ब्रोसर वितरण गरिएको हो। त्यसैगरी ७३ जना शिक्षकलाई झोला, डायरी र पाइलट पेन प्रदान गरिएको प्रयास नेपालले जनाएको छ।
वडा नम्बर ०६ मा रहेको बागेश्वरी माध्यमिक विद्यालय, वडा नम्बर ०४ मा रहेको जनकल्याण माध्यमिक विद्यालय र अम्लेश्वर गुरुकुल संस्कृत वेद विद्याश्रमका विद्यार्थी तथा शिक्षकहरुलाई सामाग्री वितरण गरिएको हो।
बाढीबाट प्रभावित विद्यालयमा पठनपाठनलाई सहज बनाउन तथा बालबालिकाको शैक्षिक निरन्तरता कायम राख्न सामग्री वितरण गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याले बताउनु भयो।
विपद्को कठिन परिस्थितिमा बालबालिकाको शिक्षा तथा स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गरिएको सहयोगले प्रभावित विद्यार्थीलाई विद्यालयमा नियमित हुन र पठनपाठनलाई निरन्तरता दिन सहयोग पुग्ने विद्यालयले जनाएको छ।
कार्यक्रम अन्तर्गत विद्यालयको आवश्यकताअनुसार अन्य सहयोग सामग्रीसमेत उपलब्ध गराइएको थियो। चाइल्डफन्ड जापान र प्रयास नेपालको सहकार्यमा सञ्चालित कार्यक्रमले विपद्पछि प्रभावित बालबालिकाको शैक्षिक निरन्तरता र विद्यालयको सिकाइ वातावरण पुनः सहज बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको क्ब्ँभ् परियोजनाका कार्यक्रम संयोजक सन्तोष सत्यालले बताउनु भयो।
कार्यक्रममा गल्छी ०६ का वडा अध्यक्ष दिपक कुमार कार्की, प्रयास नेपालका सहसचिव कपिलदेव सापकोटा,कार्यसमिति सदस्य ईश्वरीमाया प्रजा,चाइल्डफन्ड जापानका एरिया म्यानेजर कविराम बाठामगर, स्पोन्सरसिप संयोजक श्रीकान्त लुइँटेल, कार्यकारी निर्देशक दामोदर आर्याल, प्रयास नेपालका कर्मचारी तथा स्वयंसेवकहरूको उपस्थिति रहेको थियो।
त्यस्तै, बागेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक, जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक, अम्लेश्वर गुरुकुल संस्कृत वेद विद्याश्रमका प्रधानाध्यापक लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमका केही तस्बिरहरु:





