मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday, Nov 03 2026 मंगलवार, कार्तिक १७ गते २०८३

धुनिवेशीमा १६औँ राष्ट्रपति रनिङ शिल्ड सुरु

धुनिवेशीमा १६औँ राष्ट्रपति रनिङ शिल्ड सुरु

नागरिक पाटी

१७, कार्तिक २०८३
  • 631
    SHARES
  • धुनिवेशीमा १६औँ राष्ट्रपति रनिङ शिल्ड सुरु

    धादिङको धुनिवेशी नगरपालिकामा १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा भएको उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको विशेष आतिथ्यता र विभिन्न व्यक्तिहरुको आतित्थ्यता रहेको थियो ।

    images

    धुनिवेशी खेल मैदानमा सुरु भएको प्रतियोगितामा नगरपालिकाभित्रका २१ माध्यमिक विद्यालयका करिब ८ सय विद्यार्थी खेलाडी सहभागी हुने भएका छन् ।

    dhuni 1.jpg

    प्रतियोगितामा ५४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम हुने विद्यालयले ३० हजार, द्वितीय हुनेले २० हजार र सान्त्वना हुने विद्यालयले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

    गत वर्षको १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भुवनेश्वरी माध्यमिक विद्यालय च्याम्पियन बनेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १७, २०८३ मंगलवार - २१:१०:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology