शनिवार, कार्तिक ७ गते २०८३

Saturday, Oct 24 2026 शनिवार, कार्तिक ७ गते २०८३

माघ पहिलो सातादेखि २६ औँ आहा-रारा पोखरा गोल्डकप हुने

माघ पहिलो सातादेखि २६ औँ आहा-रारा पोखरा गोल्डकप हुने

नागरिक पाटी

७, कार्तिक २०८३
  • 1.3K
    SHARES
  • माघ पहिलो सातादेखि २६ औँ आहा-रारा पोखरा गोल्डकप हुने
    images

    सहारा क्लब पोखराले आयोजना गर्दै आएको आहा रारा पोखरा गोल्डकप’को २६औँ संस्करण माघ ५ देखि १६ गतेसम्म सञ्चालन हुने भएको छ । आयोजक सहारा क्लब पोखराले विज्ञप्ति जारी गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको हो ।

    images

    “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौँ” भन्ने मुख्य उद्घोषका साथ २६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिता हिम श्री फुड्स प्रा। लि।को उत्पादन ‘आहा रारा’ तयारी चाउचाउको मुख्य प्रायोजन र पोखरा महानगरपालिकाको संरक्षकत्वमा सञ्चालन हुन लागेको हो ।

    पोखरामा फुटबलको विकास, खेलकुदको प्रवर्द्धन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपाली फुटबलको पहिचान अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ७, २०८३ शनिवार - ०५:३१:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology