बिहीबारदेखि आइतबारसम्म झरी पर्ने सम्भावना रहेको छ । मौसमविद् विनोद पोखरेलले बंगालको खाडीमा बन्ने न्यूनचापीय प्रणाली चक्रवात विकसित हुने सम्भावना रहेको र त्यसले झरी पार्ने बताएका छन् ।
“यसको प्रभावले बिहीबारदेखि आइतबारसम्म नेपालका धेरै ठाउँमा झरी पर्नेछ । केही स्थानमा भारी वर्षा हुन सक्ने अहिलेको पूर्वानुमानले देखाउँछ,” मौसमविद् पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
यसपटक तल्लो तहको न्यूनचापीय प्रणालीसँगै माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखाको प्रभाव पनि देखिएको उनले बताएका छन् । यी दुईको अनुकूल संयोगले ओसिलो हावा माथि उठ्ने प्रक्रिया बलियो बनाएर नेपालमा भारी वर्षाको सम्भावना बढाउन सक्ने उनको भनाइ छ ।
भारी वर्षाको सम्भावना विशेषगरी कात्तिक १२ देखि गतेसम्म बढी रहेको उनले जानकारी दिएका छन् ।