बिहिवार, कार्तिक ५ गते २०८३

Thursday, Oct 22 2026 बिहिवार, कार्तिक ५ गते २०८३

मौसम

मौसमविद् भन्छन्, "आगामी मंगलबारदेखि एक साता बढी नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्छ"

मौसमविद् भन्छन्, "आगामी मंगलबारदेखि एक साता बढी नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्छ"

नागरिक पाटी

५, कार्तिक २०८३
  • 5.4K
    SHARES
  • मौसमविद् भन्छन्, "आगामी मंगलबारदेखि एक साता बढी नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्छ"
    images

    मौसमविद् विनोद पराजुलीले आगामी साता बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन्।

    images

    पराजुलीले हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने संकेत देखाएको बताएका हुन्। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनले बताए।

    उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक गर्दै दसैँको टीका र भेटघाटलाई निरन्तरता दिए पनि आगामी साताको सम्भावित वर्षालाई ध्यानमा राखेर योजना बनाउन सुझाव दिएका छन्।

    यद्यपि, विभिन्न मोडेलले वर्षा हुने स्थान र परिमाणबारे फरक–फरक संकेत देखाएकाले अहिले नै कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने यकिन गर्न कठिन रहेको पराजुलीले बताएका छन्। मौसम पूर्वानुमानमा अझै परिवर्तन हुन सक्ने भएकाले नियमित अपडेट हेर्नुपर्ने उनको भनाइ छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ५, २०८३ बिहिवार - ०७:३९:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology