बुधवार, कार्तिक ४ गते २०८३

Wednesday, Oct 21 2026 बुधवार, कार्तिक ४ गते २०८३

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

नागरिक पाटी

३, कार्तिक २०८३
  • 925
    SHARES
  • दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
    images

    हेटौँडा उपमहानगरपालिका–१ स्थित सामरीमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। हेटौँडा–भीमफेदी सडकखण्डअन्तर्गत सामरीमा सवारीसाधन एकआपसमा ठोक्किँदा हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय विनोद लामाको मृत्यु भएको हो।

    images

    हेटौँडाबाट भीमफेदीतर्फ गुडेको बागमती प्रदेश ०१–०३२ च ०१४१ नम्बरको पिकअप गाडी र विपरीत दिशातर्फ गुडेको बा.४७ प ८४६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक लामा गम्भीर घाइते भएका थिए। दुर्घटनालगत्तै उपचारका लागि लामालाई हेटौँडा अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ३, २०८३ मंगलवार - ०८:५९:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology