बुधवार, कार्तिक ४ गते २०८३

Wednesday, Oct 21 2026 बुधवार, कार्तिक ४ गते २०८३

एनपीएलमा डीआरएस प्रविधिको प्रयोग गर्ने क्यानको घोषणा

एनपीएलमा डीआरएस प्रविधिको प्रयोग गर्ने क्यानको घोषणा

नागरिक पाटी

३, कार्तिक २०८३
  • 1.0K
    SHARES
  • एनपीएलमा डीआरएस प्रविधिको प्रयोग गर्ने क्यानको घोषणा
    images

    नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत यसपटक एनपीएलमा डीआरएस प्रयोग हुने जानकारी दिएको हो ।

    images

    क्यानका सचिव पारस खड्काले यसअघि एनपीएलमा पहिलोपटक डीआरएस ल्याउने पहल भइरहेको बताएका थिए । दुई कम्पनीसँग प्रविधिको परीक्षण सम्पन्न भइसकेको र अब त्यसको तथ्यपरकता (एक्युरेसी) मूल्यांकनपछि अन्तिम निर्णय गरिने कुरा पारसले उल्लेख गरेका थिए ।

    डीआरएस क्रिकेटमा पछिल्लो समय प्रयोग हुँदै आएको चर्चित प्रविधि हो । यसले अम्पायरको निर्णय चित्त नबुझेमा वा गलत भएजस्तो लागेमा त्यसलाई रिभ्यू गर्ने अवसर प्रदान गर्न सक्छ जसका कारण बलिङ टिमले विकेट प्राप्त गर्न सक्छ भने ब्याटिङ टिमले विकेट फर्काउन सक्छ ।

    क्यानका अनुसार एनपीएलमा एलबीडब्लुको रिभ्यूका लागि फूल थ्रीडी बल ट्रयाकिङको प्रयोग हुनेछ । त्यस्तै रनआउट, स्टम्पिङ र नो बलको पनि रिभ्यू हुनेछ ।

    यस्तै एआई माध्यमबाट ब्याटमा लागेको एज डिटेक्सन पनि हुनेछ भने हाइटको वाइड, छक्काको लम्बाई र उचाइ मापनसहित अन्य बलिङ एनालिटिक्स पनि उपलब्ध हुनेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ३, २०८३ मंगलवार - ०९:१८:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology