शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एनपीएलको उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

एनपीएलको उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

नागरिक पाटी

३, आश्विन २०८३
  • 456
    SHARES
  • एनपीएलको उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

    नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सार्वजनिक गरेको खेल तालिकाअनुसार साबिक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिमबीचको यो खेल कार्तिक ९ गते हुनेछ ।

    images
    images

    प्रतियोगितामा सहभागी आठ फ्रेन्चाइजले एक अर्कासँगै प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउने छन् । अंक तालिकाको शीर्ष दुई टोलीले पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन् ।

    यो खेल जित्ने टोलीले सिधै फाइनलमा स्थान बनाउने छ । पहिलो क्वालिफायरमा पराजित हुनेले दोेस्रो क्वालिफायरमा इलिमिनेटर जित्ने टोलीको सामना गर्नेछ ।

    इलिमिनेटरमा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वालिफायर जित्ने टोली उपाधिका लागि पहिलो क्वालिफायरको विजेतासँग भिड्नेछ । कार्तिक २९ गतेसम्म लिग चरणका खेल हुनेछ । मंसिर एक गते पहिलो क्वालिफायर, २ गते इलिमिनेटर तथा ३ गते दोस्रो क्वालिफायर खेल हुनेछ । फाइनल मंसिर ५ गते हुनेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३, २०८३ शनिवार - १९:०२:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology