नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण कात्तिक ९ गतेदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ ९क्यान०ले एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ सम्म सञ्चालन हुने जानकारी दिएको हो ।
एनपीएल पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्स र दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो । प्रतियोगिताका लागि अक्सन समेत भइसकेको छ । आठै फ्रेन्चाइज टिमले विदेशी खेलाडी अनुबन्ध गर्ने क्रम सुरु गरेको छ ।