शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विश्वकप बहिष्कार गर्ने युरोपेली फुटबल महासंघको चेतावनी

विश्वकप बहिष्कार गर्ने युरोपेली फुटबल महासंघको चेतावनी

नागरिक पाटी

१५, श्रावण २०८३
  • 1.9K
    SHARES
  • विश्वकप बहिष्कार गर्ने युरोपेली फुटबल महासंघको चेतावनी

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रतियोगिताहरूको स्वामित्वको केही हिस्सा निजी क्षेत्रलाई बेच्ने योजना अघि बढाए युरोपेली फुटबल महासंघ (यूईएफए)ले विश्वकप बहिष्कार गर्ने निर्णय गरेको छ । यो निर्णय फिफाले यसै साताको सुरुमा सार्वजनिक गरेको प्रस्तावमाथि छलफल गर्न विहिबार बोलाइएको आकस्मिक बैठकमा यूईएफएका ५५ सदस्य संघहरूले विश्वकप बहिष्कार गर्ने पक्षमा मतदान गरेका छन् ।

    images
    images

    उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघ (कन्काकाफ) ले बिहीबारको बैठकपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अघि सारेको प्रस्तावलाई आफ्ना ४१ सदस्यहरूले अस्वीकार गरेको जनाएको छ । कन्काकाफका सदस्य राष्ट्रहरूले पनि इन्फान्टिनोमाथिको विश्वास गुमाउँदै गएको स्रोतहरूले बीबीसीले जनाएको छ ।

    युरोपेली फुटबल महासंघ (यूईएफए) ले यसअघि नै विज्ञप्तिमार्फत आफ्नो कडा विरोध स्पष्ट पारिसकेको थियो । बिहीबारको बैठकले त्यसप्रतिको असन्तुष्टिलाई अझ सशक्त रूपमा पुनः पुष्टि गरेको छ । विश्वकपलाई लगानीको वस्तुका रूपमा हेर्न नसकिने यूईएफएले बताएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १५, २०८३ शुक्रवार - ०९:०९:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology